लोकप्रीय समचार
लेख
न्यायाधीश सिफारिशमा समावेशीको मजाक वाको पालासम्म पशुपालन र खेतीपाती नै हाम्रो मुख्य पेशा थियो । एसएलसीपछिका दुई वर्ष म आफैं पनि पूर्णकालीन गोठालो थिएँ । कतै आफूलाई चिनाउनु पर्दा मेरो हजुरबुवा गोठालो, बुवा गोठालो र म पनि गोठालो भन्नुपर्ने परिचय फेर्न चाहन्थें, म । मलाई न्यायाधीश बन्ने रहर पलाएको थियो– स्कूल पढ्दादेखि नै । त्यसैले दुई वर्ष लेक–बेंसीमा चौंरी र भेडा डुलाइसकेपछि कानून पढ्न काठमाडौं गएँ । र, वकिल भएँ पनि । अहिले मेरा आफन्त र साथीभाइ सोध्छन्, “न्यायाधीश कहिले बन्ने ?” यो प्रश्नको जवाफ भने मसँग छैन । किनभने न मेरा बाबुपट्टिका न त आमा पट्टिका– कोही पनि ठूला नेता छैनन् ।
बिहिवार, बैशाख ५, २०७६