Navigation
  • गृहपृष्ठ
  • गाउँपालिका समाचार
    • उत्तरगया गाउँपालिका
    • कालिका गाउँपालिका
    • नौकुण्ड गाउँपालिका
    • गोसाईकुण्ड गाउँपालिका
    • आमाछोदिङमो गाउँपालिका
  • समाज
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेल
  • लेख
  • अन्तर्वार्ता
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
आइतवार, माघ ४, २०७७ ०९:२९:३३ युनिकोड
  • गृहपृष्ठ
  • गाउँपालिका समाचार
    • उत्तरगया गाउँपालिका
    • कालिका गाउँपालिका
    • नौकुण्ड गाउँपालिका
    • गोसाईकुण्ड गाउँपालिका
    • आमाछोदिङमो गाउँपालिका
  • समाज
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेल
  • लेख
  • अन्तर्वार्ता
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
लेख
  • Home
  • लेख
  • कोरोना भाइरस,लकडाउन, राहत र सरकार
कोरोना भाइरस,लकडाउन, राहत र सरकार
64x64
मंगलबार, बैशाख ३०, २०७७ Sahakaarya Online

सिर्जना लामा

कोभिड १९ कोरोना भाइरस स्वास प्रश्वासबाट सर्ने भाइरस हो । उक्त भाइरसले विश्वलाई नै आतङ्कित बनाइरहेको छ भने नेपाललाई पनि बाँकी राखेन । कोरोना भाइरस परिक्षण पश्चात पोजेटिभ देखिएकोमा १३४ जना पुगिसकेको छ साच्चिकै यो कोरोनाले सम्पुर्णलाई रुवाउनुका साथै सचेत पनि बनाएको छ । कोरोना भाइरसलाई नियन्त्रण गर्न नेपाल सरकार हरतरह लागि परेका छन् । तैपनि बिभिन्न कमि कमजोरी पनि छन् किनकी सबैले अडकल काटेको कुरा कोरोनाको परिक्षण पि.सि.आर र आर.डि.टि जुन गतिमा हुनपर्ने हो त्यो भएको देखिदैन नेपालमा भाइरस सर्नुका कारण लकडाउन चाडो नगर्नु र अन्तराष्ट्रिय हवाई मार्ग चाडो बन्द नगर्नु रहेको छ र पछिल्लो समयमा बिशेष गरि भारतसंगको खुल्ला सिमाना पनि हो ।

जसरी सरकार कोरोना भाइरसबाट बच्न बिभिन्न सर्तकताहरु अपनाइरहेको छ । त्यसैगरी सम्पुर्ण नागरीक सचेत भएर सरकारले लागु गरेको नियम पालना गर्नु पर्दछ र गरिरहेको पनि छ तर केहि क्षेत्रमा नियम पालना नहुदाँ बेहाल अवस्था पनि छ । खासमा लकडाउन भन्नाले जो जहाँ छन् त्यहि ठाउँमा सुरक्षितसंग रहनु वा बस्नुलाई बुझिन्छ । नेपाल सरकारले जव चैत्र ११ गते देखि लकडाउन घोषणा ग¥यो तव सबै नागरिक त्रसित बन्न पुगे र लकडाउनलाई उल्लघंन गर्दै दशै तिहारमा पनि गाउँ घर नसम्झनेहरु ५÷६ दिन सम्म पैदल हिडेर आ-आफ्नो जन्मस्थल फर्कन थाले ।

कसैलाई प्रहरी प्रशासनले रोक्न खोज्यो त कसैलाई त गाउँमा नै प्रवेश रोक लगाउने भन्नेसम्म भयो । सरकारले जो बाहिरबाट आएका छन् तिनिहरुलाई मापदण्ड पुरा भएको एकान्त बासमा बस्नु पर्छ भनि धेरै पटक आह्वान गरे र स्थानिय तहले एकान्त बास धमाधम बनाउदै सामाजिक संजाल भरि छरपस्ट पारे तथा तर बिडम्बना त्यो क्वारेन्टाइन नामक एकान्त बासमा न कोहि बस्न माने न त सम्झाएर राख्न नै सकियो अन्तिममा जति पनि निर्माण भएका क्वारेन्टाइन (एकान्त बास) निर्लज्ज भएर बस्न प¥यो ।

कहि कतै एकान्त बासमा राखेका अर्थात बसेकाहरु पनि कोहि आत्तिएर राति नै भागे कोहि बिरोध गरेर छोड्न बाध्य बनाइयो । अन्तिममा सबै जना स्वयम एकान्त बास बस्न थाले । कतिपय ठाउँमा स्वयम एकान्त बासको कारण कोरोना संक्रमण ेहुन पुग्यो । सरकार भने क्वारेन्टाइनको अनुगमन र प्रतिवेदन माग्दै र पेश गर्दै ब्यस्त रह्यो । खोइ कस्ले बुझ्यो र ति क्वारेन्टाइन निमार्ण गर्दा कति रकम खर्च भयो आखिर सरकारले त्यहि जनताको स्वास्थ्यका लागि यो सब गरेका थियो अन्तिममा नाटक जस्तै बन्न पुग्यो । कोरोना भाइरसका कारण सबै सरकारी तथा अर्धसरकारी कार्यलय देखि हरेक आयोजना प्रयोजनाहरु बन्द भयो ।

जब लकडाउन घोषण भयो तव गरिव विपन्न अर्थात असंगठित क्षेत्रमा काम गर्ने दैनिक ज्यालादारी गर्ने श्रमिकहरु अलपत्रमा पर्नु प¥यो ति श्रमिकहरुको बिहान बेलुका हात मुख जोर्न मुस्किल भयो । अन्तराष्ट्रिय नाकाहरु बन्द हुदा व्यापारीहरुले खाद्यन्न लगायतका बिभिन्न स्वास्थ्य सामाग्री समेत लुकाएर कालो बजारी सुरु ग¥यो ।जहा कि होसेलमा दुई तिन रुपैया पर्ने सर्जिकल माक्स समेत असि सय रुपैया सम्म पुग्यो । यसले गर्दा उपभोक्ता अर्थात नागरिकहरु धेरै मारमा परे कालो बजारी गरेको देखेमा सरकारलाई खबर गर्नको लागि अपिल गर्दे हटलाइन नम्बर पनि सञ्चालनमा ल्याइयो तर कालो बजारी हटेन झन बढ्दै गयो प्रतिनिधिमुलक केहि पसल व्यापारीलाई कारवाहि भयो तर गरिवी जनता ठगि नै रह्यो अव कुरा रह्यो राहातको विपन्न वर्ग अर्थात लकडाउनका कारणले बिहान बेलुकाको छाक टार्न मूस्किल पर्ने श्रमिकहरुलाई खाद्यन्न राहात वितरण गर्ने भनि नेपाल सरकारले असंगठित क्षेत्रमा काम गर्नै मजदुरहरुलाई मापदण्ड तय गरेर तेहि अनुसार राहात वितरण गर्न स्थानिय सरकार लागि प¥यो तर वास्तविक पिडित झनै पिडित हुन पुग्यो किन भने जो वोल्न सक्छ जसका सरकार संग पहुँच छ उहि मात्र राहात लिनका लागि अघि सरे कहिले जनप्रतिनिधिलाई थर्काएर त कहिले जनप्रतिनिधि आफै विवाद हुन्छ भनि पन्छीदै असक्त असाहायलाई सहयोग गर्न खोजेनन् झन उल्टै वाहाना बाझि लगाए कति सम्म देखे भने जसले राम्रो गर्न खोज्यो उसै लाई आरोप मात्र लगाए तर त्यहि मान्छे राहातको लागि लाइनमा बसि विपन्न अशक्त असाहयलाई पाउने राहात लाजै नमानि बुझेर लगे खै त लाज लाग्दैन रहेछ ।

राहातको लागि सरकारले करोडौ खर्च गरिसके पनि बास्तविक पिडित ले अझै पाउन सकेन भन्ने समाचारहरु सुन्दा एकदम मा पोलेर आउछ । संघ,प्रदेश र स्थानिय तह तिनै तहको सरकार आफ्नो नागरिकलाई कोरोना भाइरस लाग्न नदिन बिभिन्न निति निर्माण देखि लिएर निर्णयहरु गरिरहेको छ । अझै पनि नागरिकहरु सन्तुष्ट हुन सक्ने आधार भेटिएको छैन अव सरकार कठोर भएर लाग्नु पर्छ । मेरो र तेरो नभनी सबै हामि नेपाली हौ भनि तिनै तह बिच समन्वय गरि अघि बढ्नु पर्दछ । तिनैै तहका सरकार र प्रतिनिधि तथा कर्मचारीहरु कारोना भाइरससंग लड्रन आ आफ्नै तर्फबाट लगि परेका छन् नागरिकका स्वास्थ्यलाई मध्येनजर गरि स्वास्थ्य कर्मि र सुरक्षाकर्मि हरु आफ्नो ज्यानको बाजि लगाई आफ्नो डिउटीमा दिन रात खटिरहेको छ । संगै अन्य कर्मचारी लगायतका जनप्रतिनिधिहरु पनि लागि परेका छन् । जो जहाँबाट जसरी खटिनु भएको छ त्यो एकदम उदारणिय छ र अझै यो भन्दा खट्नु पर्ने देखिन्छ र जति पनि फिल्डमा खटिनु भएकाहरुलाई सरकारले उचित व्यवस्थापन गर्न जरुरी छ ।

अन्तमा, आर्थिक बर्षको अन्त्य तिर पनि आइपुगि सकेको छ । लकडाउन भएको पनि ४९ दिन पुगिसकेको छ । अव तिनै तहका सरकारले बार्षिक निति तथा कार्यक्रम ल्याउन चटारो भइसकेको छ ।कोरोना भाइरस लकडाउन र राहात वितरणले नेपालको अर्थतन्त्र धेरै खस्किसकेको छ । सरकारले अर्थतन्त्र सुदृढपार्न जति पनि युवाहरु सवैलाई रोजगार मुलुक कार्यक्रमहरु ल्याउनु पर्दछ । वैदेशिक रोजगारका शिलशिलामा विदेशमा रहेका नेपाली दाजुभाई दिदिबहिनिहरुलाई नेपाल फर्काइ स्वदेश मै श्रम गरि खाने वातावरण मिलाउने हिक्मत नेपाल सरकारले राख्नु पर्दछ ।

बिशेष गरि युवाहरुलाई कृषि, उद्यमि व्यवसायसंग जोडेर उत्पादनलाई बढि जोड दिनु पर्दछ । गाउँ गाउँमा बाझो रहेका जग्गा जमिनलाइ हरियाली बनाउने नीति निर्माण गरि नीति र कार्यक्रम बिचको तादम्यता मिलाउन जरुरी छ। जबसम्म समृद्ध नेपाल बनाउन नेपालीहरु डटेर लाग्दैन तब सम्म नेपाली विभिन्न समस्यामा अल्झिनुका साथै सरकारले लिएको समृद्द नेपाल सुखी नेपाली भन्ने नारा नारामै सिमित रहन्छ त्यसैले आउ सबै मिलि नेपालमै श्रम गरौ सीप सिकौ स्वरोजगार बनौ उत्पादन गरौ आयत भन्दा निर्यात लाई बढाइ नेपालको स्वाभिमान उच्च राखौ । यी सबै योजना सफल पार्न नेपाल सरकार अर्थात तिनै तहको सरकार लागि पर्नुपर्छ । भुकम्पले थलिएको नेपाल कोरोनाले थलिएर बस्न नपरोस !म र म जस्तै नेपाली नागरिकको सरकार सङ्ग हार्दिक अपिल सङ्गै शुभकामना !!!

लेखिका रसुवाको नौकुण्ड गाउँपालिकाको उपाध्यक्ष हुनुहुन्छ ।


प्रकाशित मिति: मंगलबार, बैशाख ३०, २०७७, १०:०१:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गजल
निकुञ्ज क्षेत्रमा : मानव वन्यजन्तु बिच सह अस्तित्वमा संकट
न्यायाधीश सिफारिशमा समावेशीको मजाक
परीक्षणमा मोदी विदेश नीति
ताजा समाचार
जिल्लामा सञ्चालित स्वास्थ्य संस्थाले अझै स्थायी भवन पाएनन् आइतवार, आश्विन ४, २०७७
गजल
रसुवागढी नाका जोड्ने सडक अझै खुल्न सकेन
कोरोना भाइरस,लकडाउन, राहत र सरकार
निकुञ्ज क्षेत्रमा : मानव वन्यजन्तु बिच सह अस्तित्वमा संकट
रसुवामा बस दुर्घटना हुँदा ७ जना घाइते
भिजिट नेपाल २०२० : तयारीमा जुटे रसुवाली
रसुवा भन्सारले मंसिरमा उठायो लक्ष्यभन्दा ८ प्रतिशत बढी राजस्व
नेपाली बिजुली चीनले किन्ने
समाज
जिल्लामा सञ्चालित स्वास्थ्य संस्थाले अझै स्थायी भवन पाएनन् Sahakaarya Online
रसुवागढी नाका जोड्ने सडक अझै खुल्न सकेन Sahakaarya Online
रसुवामा बस दुर्घटना हुँदा ७ जना घाइते Sahakaarya Online
आर्थिक
भिजिट नेपाल २०२० : तयारीमा जुटे रसुवाली मंगलबार, पुष ८, २०७६
रसुवा भन्सारले मंसिरमा उठायो लक्ष्यभन्दा ८ प्रतिशत बढी राजस्व मंगलबार, पुष ८, २०७६
नेपाली बिजुली चीनले किन्ने मंगलबार, पुष ८, २०७६
अन्तर्राष्ट्रिय
बेलायती संसदमा ब्रेक्जीटमा नयाँ सहमतिको खोजी सोमवार, चैत्र १८, २०७५ 659
खेल
जिल्ला स्तरीय फुटबल प्रतियोगिताको उपाधि ठुलोगाउँ ‘ए’ ले हात पा¥यो
चौथो डार्टसको उपाधि बस्नेतलाई
रेडपाण्डा ट्रफी भलिबल : चार टिम सेमी फाइनलमा प्रवेश
सम्पर्क ठेगाना

Gosainkunda-6, Dhunche


सम्पादक/प्रकाशक :

देविराम देवकोटा

Address:

Gosainkunda-6, Dhunche

Contact Number:

9851156341, 9851109991

Email:

sahakaaryaonline@gmail.com

News:

[email protected]

Advertisement:

[email protected]

ट्रेण्डिङ
  • ##सदरमुकाम #धुन्चे
मेनु
  • समाज
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेल
  • लेख
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
©Sahakaarya Online-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago