Navigation
  • गृहपृष्ठ
  • गाउँपालिका समाचार
    • उत्तरगया गाउँपालिका
    • कालिका गाउँपालिका
    • नौकुण्ड गाउँपालिका
    • गोसाईकुण्ड गाउँपालिका
    • आमाछोदिङमो गाउँपालिका
  • समाज
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेल
  • लेख
  • अन्तर्वार्ता
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
आइतवार, चैत्र २९, २०७७ ०९:११:३२ युनिकोड
  • गृहपृष्ठ
  • गाउँपालिका समाचार
    • उत्तरगया गाउँपालिका
    • कालिका गाउँपालिका
    • नौकुण्ड गाउँपालिका
    • गोसाईकुण्ड गाउँपालिका
    • आमाछोदिङमो गाउँपालिका
  • समाज
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेल
  • लेख
  • अन्तर्वार्ता
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
अन्तर्राष्ट्रिय
  • Home
  • अन्तर्राष्ट्रिय
  • बेलायती संसदमा ब्रेक्जीटमा नयाँ सहमतिको खोजी
बेलायती संसदमा ब्रेक्जीटमा नयाँ सहमतिको खोजी
64x64
सोमवार, चैत्र १८, २०७५ Sahakaarya Online

लन्डन, १८ चैत – बेलायती संसद “हाउस अफ कमन्स”मा सांसदहरुले युरोपेली यूनियनबाट बेलायतको बहिर्गमन ९ब्रेक्जीट० का विषयमा नयाँ सहमतिको खोजीका लागि सोमबार पुनः छलफल हुँदैछ ।

बेलायतको संसदले यसअघि बेलायती प्रधानमन्त्री थेरेसा मेले ब्रेक्जीटका बारेमा ल्याउनु भएका प्रस्ताव दुईपटक अस्वीकृत गरिसकेको छ । उक्त प्रस्ताव विफल भएसँगै बेलायत र युरोपेली यूनियनबीचको सम्बन्धमा तनाबको अवस्था सिर्जना भएको छ । युरोपेली यूनियनबाट बेलायतको बहिर्गमनको अन्तिम मिति आइपुग्न अब दुई हप्ताभन्दा कमको मात्र समय छ । यही वस्तुतथ्यलाई मनन गरी सांसदहरु वर्तमान गतिरोध अन्त्य गर्न फेरि संसदमा विभिन्न विकल्पमाथि मतदान गर्न लागेका हुन् ।

बेलायतमा सन् २०१६ मा भएको जनमतसङ्ग्रहमा ब्रेक्जीटको पक्षमा ५२ प्रतिशतले मतदान गरेका थिए । तर ब्रेक्जीट प्रक्रियामा सांसदहरुबीच मतैक्य हुन सकेको छैन । बेलायती संसद र जनता नै अहिले पनि इयूबाट बेलायत बाहिरिनु पर्छ वा पर्दैन भन्नेमा विभाजित छन् । प्रधानमन्त्री थेरेसा मेले युरोपेली यूनियनसँग गत वर्ष नोभेम्बरमा गर्नुभएको सम्झौतालाई बेलायती संसदले अस्वीकृत गरिसकेको छ ।

मेको प्रस्तावमा गत मार्च २९ मै बेलायत औपचारिक रुपमा युरोपेली यूनियनबाट बाहिरिने सम्झौता भएको थियो । युरोपेली यूनियनले बेलायत सरकारको अनुरोधमा उक्त मितिलाई मे २२ सम्म थप गरेको थियो । प्रधानमन्त्री मेले अघि सार्नुभएको एक अर्को प्रस्तावमा संसदले ब्रेक्जीटमा सहमति जनाए आफूले प्रधानमन्त्रीको पदबाट राजीनामा दिने बताउनुभएको छ । तर यो प्रस्तावमा पनि सांसदहरुले कुनै सहमति निकाल्न सकेका छैनन् ।

यस असहमतिका बीच सरकारले अब युरोपेली यूनियनसँग आगामी अप्रिल १० सम्मको समयावधि थप गर्न समय माग्नु पर्नेछ अथवा अप्रिल १२ मा बिना कुनै सम्झौता युरोपेली यूनियनबाट बेलायत बिदा हुनु पर्नेछ । यो परिस्थितिमा बेलायतको समग्र आर्थिक परिदृश्य अस्तव्यस्त हुनेछ । तर मे २२ भन्दा अझ ढिलो भए बेलायतमा युरोपेली संसदका लागि अरु युरोपेली युनियनका सदस्य राष्ट्रझैं चुनाव गर्नुपर्ने विचित्र परिस्थिति सिर्जना हुनेछ ।

युरोपेली आयोगका अध्यक्ष जाँ–क्लाउड जन्करले आइतबार एक इटालेली टेलिभिजनसँग कुरा गर्दै बेलायतसँग युरोपेली यूनियनको धैर्यता टुट्दै गएको बताउनुभयो । “बेलायती मित्रहरुसँग हाम्रो गहिरो धैर्यता छ, तर त्यो धैर्यको पनि बाँध फुट्नै लागेको छ । अहिलेसम्म हामीलाई बेलायती संसदले हुन्न भनेको मात्र थाहा छ ।”


प्रकाशित मिति: सोमवार, चैत्र १८, २०७५, ०३:०४:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ताजा समाचार
जिल्लामा सञ्चालित स्वास्थ्य संस्थाले अझै स्थायी भवन पाएनन् आइतवार, आश्विन ४, २०७७
गजल
रसुवागढी नाका जोड्ने सडक अझै खुल्न सकेन
कोरोना भाइरस,लकडाउन, राहत र सरकार
निकुञ्ज क्षेत्रमा : मानव वन्यजन्तु बिच सह अस्तित्वमा संकट
रसुवामा बस दुर्घटना हुँदा ७ जना घाइते
भिजिट नेपाल २०२० : तयारीमा जुटे रसुवाली
रसुवा भन्सारले मंसिरमा उठायो लक्ष्यभन्दा ८ प्रतिशत बढी राजस्व
नेपाली बिजुली चीनले किन्ने
समाज
जिल्लामा सञ्चालित स्वास्थ्य संस्थाले अझै स्थायी भवन पाएनन् Sahakaarya Online
रसुवागढी नाका जोड्ने सडक अझै खुल्न सकेन Sahakaarya Online
रसुवामा बस दुर्घटना हुँदा ७ जना घाइते Sahakaarya Online
आर्थिक
भिजिट नेपाल २०२० : तयारीमा जुटे रसुवाली मंगलबार, पुष ८, २०७६
रसुवा भन्सारले मंसिरमा उठायो लक्ष्यभन्दा ८ प्रतिशत बढी राजस्व मंगलबार, पुष ८, २०७६
नेपाली बिजुली चीनले किन्ने मंगलबार, पुष ८, २०७६
अन्तर्राष्ट्रिय
बेलायती संसदमा ब्रेक्जीटमा नयाँ सहमतिको खोजी सोमवार, चैत्र १८, २०७५ 780
खेल
जिल्ला स्तरीय फुटबल प्रतियोगिताको उपाधि ठुलोगाउँ ‘ए’ ले हात पा¥यो
चौथो डार्टसको उपाधि बस्नेतलाई
रेडपाण्डा ट्रफी भलिबल : चार टिम सेमी फाइनलमा प्रवेश
सम्पर्क ठेगाना

Gosainkunda-6, Dhunche


सम्पादक/प्रकाशक :

देविराम देवकोटा

Address:

Gosainkunda-6, Dhunche

Contact Number:

9851156341, 9851109991

Email:

sahakaaryaonline@gmail.com

News:

[email protected]

Advertisement:

[email protected]

ट्रेण्डिङ
  • ##सदरमुकाम #धुन्चे
मेनु
  • समाज
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेल
  • लेख
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
©Sahakaarya Online-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago