Navigation
  • गृहपृष्ठ
  • गाउँपालिका समाचार
    • उत्तरगया गाउँपालिका
    • कालिका गाउँपालिका
    • नौकुण्ड गाउँपालिका
    • गोसाईकुण्ड गाउँपालिका
    • आमाछोदिङमो गाउँपालिका
  • समाज
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेल
  • लेख
  • अन्तर्वार्ता
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
आइतवार, माघ ४, २०७७ ०८:०६:१४ युनिकोड
  • गृहपृष्ठ
  • गाउँपालिका समाचार
    • उत्तरगया गाउँपालिका
    • कालिका गाउँपालिका
    • नौकुण्ड गाउँपालिका
    • गोसाईकुण्ड गाउँपालिका
    • आमाछोदिङमो गाउँपालिका
  • समाज
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेल
  • लेख
  • अन्तर्वार्ता
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
अन्तर्वार्ता
  • Home
  • अन्तर्वार्ता
  • व्यवसायिक पत्रकारिता विना विकास सम्भव छैन
व्यवसायिक पत्रकारिता विना विकास सम्भव छैन
64x64
बुधवार, चैत्र २०, २०७५ Sahakaarya Online

वि.सं २०१८ साल असार २८ गते पिता लोकनाथ र माता गंगाकुमारी न्यौपाने कोखबाट नुवाकोट जिल्ला गेर्खु गाविस, वडा नं २ छापटारमा जन्मिएका ज्ञानेन्द्रनाथ न्यौपाने अहिले रसुवामा पत्रकारिता पेशा गर्दैछन् । ०३४ मा सरकारी नोकरीको सिलसिलामा रसुवा प्रबेश गरेका न्यौपानेले जिल्लाको पत्रकारिता पेशालाई न्यायोचित र समयानुकुल गर्नमा तल्लीन रहे । हाल उनी पत्रकार महासंघ जिल्ला शाखाको संयोजक पनि भइसकेका छन् । प्रस्तुत छ रसुवाली पत्रकारिता पेशाको सेरोफेरोमा रही पत्रकार महासंघ, जिल्ला शाखा रसुवाका संयोजक तथा त्रिशूली प्रवाह र राससका जिल्ला समाचारदाता ज्ञानेन्द्रनाथ न्यौपाने ( जी. लेकाली ) सँग रसुवा खबर साप्ताहिकका कार्यकारी सम्पादक प्रेमप्रसाद पौडेलले गर्नुभएको कुराकानीको मुख्य अंश .................. 

रसुवा जिल्लामा कहिले प्रबेश गर्नु भयो ?
 म वि.सं २०३४ साल बैशाख महिनामा रसुवा आएको हुँ ।

रसुवाको प्रबेशको उद्देश्य के के हुन् ?
 म सरकारी नोकरीको सिलसिलामा नै यस जिल्लाको सेवा गर्ने उद्देश्यका साथ आएको हुँ

किन पत्रकारिता पेशामा लाग्नु भयो र कहिलेदेखि, कसरी सेवा दिनुभयो ?

 रसुवा जिल्लामा हुने गरेका घटनाको समाचारको रूपमा पत्रपत्रिकामा आउने कार्यको शुन्यता देखी अन्तर्मनदेखि नै पत्रकारिता गरि यहाँको पुण्यभूमीमा सेवा गर्ने अठोटले यसमा लागेको हँु । म त्येतिखेर जागिरे जिन्दगमिा भएपनि हिमाली जिल्ला रसुवाको गतिविधि अन्य जिल्लामा वा संचार माध्यममा पुर्याउनु पर्छ भन्ने लाग्थ्यो तर राजपत्र अंकित द्धितिय श्रेणीको खरिदार पदमा रहेको र निजामति ऐनले खरिदार स्तरको कर्मचारीलाई सरकारको स्वीकृतिविना अन्य पेशामा आवद्ध हुन मिल्दैन भनिएको थियो ।

वन कार्यलयको बृक्षारोपणको समाचार पहिलो पटक ०४२ मा संप्रेषण भएको हो । थोर बहुत समाचार आइरहन्थे । त्येतिखेर आकाशवाणी मार्फत अपरेटरको सहायताले दुर सञ्चारबाट समाचार टिपाउनु पथ्र्यो । शुल्क चर्को थियो , प्रति अक्षर पाँच पैसा तिर्नुपथ्र्यो तर मैले पत्रकारिताको पिनकोड प्राप्त गरेकोले प्रतिअक्षर दुई पैसामात्र तिरे पुग्थ्यो । दुर सञ्चारको हाकिम प्रायशः काठमाडौं बस्ने भएकोले म अपरेटर तालिमप्राप्त भएकोले प्रायशः रसुवाको दुर संचार नै मेरो जिम्मामा हुन्थ्यो ।

म नुवाकोट जिल्लामा जन्मिए पनि प्राय बाल्य अवस्थादेखि नै रसुवाकके भूमिमा नै दिन बित्दथ्यो । यहाँका बुढापाकामा सञ्चार र पत्रकारिताको त्यति महत्व थिएन । राष्ट्रसेवकले राम्रो काम गरेको समाचार आएपछि पुरस्कार पनि पाउँथे । विकास निर्माणको सूचना दिइरहन्थे । ०४६ को बहुदल व्यवस्था भएपछि थुप्रै पत्रपत्रिका निस्के तर मैले राससमा नै रहेर सेवा गरिरहेँ ।

०४२ देखि ०५४ सम्म सहयोगी जिल्ला समाचारदाताको रूपमा कार्य गरेँ । ०५५ मा खरिदार पदको अन्त्य गरि पूर्ण पत्रकारिताको बिल्ला लगाउन संचार संस्थाप्रति प्रतिबद्ध रहीरहेँ । साह्रै गर्व लाग्छ, मैले लेखेका समाचारले राष्ट्रिय स्तरमा पनि स्थान पाएको छ । चिया कति पीईयो ? भन्ने प्रश्न जस्तै समाचार कति लेखियो भन्दा हिशाव राख्न सकिएको छैन । २५ वर्षको दौरानमा धेरै समाचार लेखिए । धुन्चे गोसाइँकुण्ड केबलकारको समाचार मैले नै लेखेको थिएँ, त्यही समाचारबाट चर्चामा आएको कुरा अहिले राष्ट्रिय स्तरको योजनाको रूपमा रहेको छ, मलाई यो साह्रै गर्व लाग्छ ।

रसुवाको पत्रकारिताको पृष्ठभूमि कस्तो छ ?
 वि.सं २०४६ को परिवर्तन सँगसँगै पत्रकारिता र सूचना प्रवाहमा पनि परिवर्तन हुँदै गयो । पत्रपत्रिकाको महत्व बढ्दै गयो । क्रमिक रूपमा रसुवाको शैक्षिक अवस्था पनि सुधार हुँदै गएपछि युवापिढीका पत्रकार थपिन थाले । विद्यालयस्तरबाटै पत्रकारिताको पढाई हुन थाल्यो । घटनाहरू पनि गाउँगाउँमा बढ्दै गयो । त्यसका समाचार छापिएपछि गल्ती गर्नेको नाम जोडिएमा धम्क्याउने पनि गर्थे ।

अझ युद्धकालिन अवस्थामा बढी डर थियो । धेरैजसो व्यक्तिले मेरो नाम आएन भनेर रिसाउँथे र पत्रकार सत्रकार उडाई दिन्छौं भनेर युवाहरू आक्रोश पोख्थे । तर म सबैको ज्ञानु दाई भएकोले नजिक परेर कुरा गर्दा कुरा बुझेर ठण्डा दिमागले फर्कन्थे । कोही भन्छन् समाचार किन आएन ? कोही भन्छन् हाम्रा भावना समेटिएन त कोही भन्छन् तथ्य घटना बाहिर आएन, त कोहीले कार्यक्रममा आएन । तर पत्रकारको आँखाले औल्याएको यथार्थमा आधारित भूल राज्यको निकायबाट छानबिन हुँदैन, यही छ बिडम्बना ।

पत्रकारिता पेशाका चुनौती के के हुन् ?
 व्यवसायिक हुन नसक्नु यसको मुख्य चुनौती हो । यसको अलावा स्थानीय सञ्चार माध्यम नहुनु पनि चुनौतीको रूपमा देखिएको छ । तर पत्रकारिता पेशा मात्र गरेर पत्रकारको पेट भर्न मुश्किल यहाँ पत्रकारिताको विकासमा देखिएका कठिनाइ र चुनौतीहरू हुन् । मैले माथि नै भनिसके पत्रकारितामा उजागर भएको तथ्यलाई कुनै पनि निकायले ध्यान दिदैन ।

पत्रकारिता पेशा व्यवसायिक हुन नसक्नाको कारण के होला ?

 पहिला पहिला पत्रकारको संख्या नै उत्पादन भएको थिएन । पहिले शिक्षाको पहुँच १२ % थियो तर अहिले ६० % भन्दा बढी भइसक्यो । पत्रकारहरू पनि बढेका छन् । तर व्यवसायिक हुन सकेको छैन । पत्रकारिता पेशा व्यवसायिक हुने लक्षण भने रसुवामा देखिएको छ । स्थानीय पत्रपत्रिका लगायत सञ्चार गृहको अभाव नै पत्रकारिता पेशा व्यवसायिक हुन नसक्नु हो ।

रसुवामा पत्रकारिता पेशाको भविष्य कस्तो छ ?
 राजधानीबाट नजिकैको दूरीमा रहेर पनि विभिन्न विकासका दृष्टिकोणबाट रसुवा पछाडी नै छ । पत्रकारिताको विकास विना यो सम्भव पनि छैन । रसुवा जिल्ला धार्मिक, पर्यटकीय, भौगोलिक हावापानी, जलसम्पदा, ऐतिहासिक हिशावले धनी भएकोले पत्रकारिता पेशाको व्यवसायिक हुने सम्भावना धेरै छ ।

समग्र विषयवस्तुको खबरदारी गर्न पत्रकारिताको खाँचो पर्दछ । समाचारको माध्यमबाट बालबालिकाको मनोबल उच्च पार्ने, स्वास्थ्य सम्बन्धि सूचना प्रवाह गर्ने, विकासे पत्रकारिता गर्ने, विभिन्न स्थानमा हुने राजस्व चुहावट रोक्न सहयोग पुग्ने खालका सूचना संप्रेषण, पर्यटकीय विकास, सांस्कृतिक र आर्थिक विकासका लागि पत्रकारिता गर्नुपर्छ । व्यवसायिक र स्वस्थ प्रतिस्पर्धाको माध्यमबाट अगाडी बढ्न सके यहाँ धेरै पत्रपत्रिकाले स्थान पाउन सक्छ । पर्यटकीय हिशाबले तेस्रो स्थानमा रहेकोले पनि यहाँ पत्रकारिता लगायतका पेशाको प्रवल सम्भावना रहेको छ । पत्रकारिता पेशा र पत्रकारको भविष्य उज्वल र सुनिश्चित छ ।

असल पत्रकारमा कुन् कुन् गुण हुनु पर्छ ?

 पत्रकारिता गर्ने मानिसमा गुण र धर्म अनिवार्य चाहिन्छ । धैर्यता, सहनशीलता, नम्रता, व्यवसायिकता, सहिष्णुता, समानता, सामाजिकता, निडरता, पेशा निरन्तरता जस्ता गुणहरू पत्रकारमा हुनु पर्दछ । जस्तोसुकै समाचारलाई पनि विकासमा जोड्ने कला पत्रकारमा चाहिन्छ । राजनीतिक दलबाट टाढा रहेमा मात्र पत्रकारले समाचार पाउँछ, साथसाथै समाचार वा घटनाले नै त्यस्तो पत्रकारको खोजी गर्दछ ।

पत्रिकाको व्यवस्थापनको लागि के गर्नु पर्छ ?
 पत्रिकाको कार्यलय व्यवस्थापन, ग्राहकमा सेवा, सुविधा, पाठक प्रतिकृयाको सम्मान, तथ्य सामग्रीको उजागर र लगनशीलता जस्ता कार्यहरू व्यवस्थापनका निमित्त गर्नु पर्दछ ।

अन्तमा के भन्नुहुन्छ ?
 रसुवाको जेष्ठ पत्रकार, पत्रकार महासंघको संयोजकको हैसियतले यहाँबाट प्रकाशन हुन लागेको रसुवा खबर साप्ताहिकको पूर्ण सफताको कामना गर्दछु । आम रसुवाबासी नागरिकको पत्रिका बनोस् । रसुवाको समग्र विकासका लागि यस पत्रिकाले कार्य गर्न सकोस्, पत्रिका प्रकाशनको पूर्वाद्र्धमा यही शुभकामना दिन चाहन्छु ।

रसुवा खबर, वर्ष १, अंक १ असोज १६ २०६७ शनिवार


प्रकाशित मिति: बुधवार, चैत्र २०, २०७५, १२:०४:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भजन संरक्षणका लागि नयाँ पुस्ताले सिक्नुपर्छ
ताजा समाचार
जिल्लामा सञ्चालित स्वास्थ्य संस्थाले अझै स्थायी भवन पाएनन् आइतवार, आश्विन ४, २०७७
गजल
रसुवागढी नाका जोड्ने सडक अझै खुल्न सकेन
कोरोना भाइरस,लकडाउन, राहत र सरकार
निकुञ्ज क्षेत्रमा : मानव वन्यजन्तु बिच सह अस्तित्वमा संकट
रसुवामा बस दुर्घटना हुँदा ७ जना घाइते
भिजिट नेपाल २०२० : तयारीमा जुटे रसुवाली
रसुवा भन्सारले मंसिरमा उठायो लक्ष्यभन्दा ८ प्रतिशत बढी राजस्व
नेपाली बिजुली चीनले किन्ने
समाज
जिल्लामा सञ्चालित स्वास्थ्य संस्थाले अझै स्थायी भवन पाएनन् Sahakaarya Online
रसुवागढी नाका जोड्ने सडक अझै खुल्न सकेन Sahakaarya Online
रसुवामा बस दुर्घटना हुँदा ७ जना घाइते Sahakaarya Online
आर्थिक
भिजिट नेपाल २०२० : तयारीमा जुटे रसुवाली मंगलबार, पुष ८, २०७६
रसुवा भन्सारले मंसिरमा उठायो लक्ष्यभन्दा ८ प्रतिशत बढी राजस्व मंगलबार, पुष ८, २०७६
नेपाली बिजुली चीनले किन्ने मंगलबार, पुष ८, २०७६
अन्तर्राष्ट्रिय
बेलायती संसदमा ब्रेक्जीटमा नयाँ सहमतिको खोजी सोमवार, चैत्र १८, २०७५ 658
खेल
जिल्ला स्तरीय फुटबल प्रतियोगिताको उपाधि ठुलोगाउँ ‘ए’ ले हात पा¥यो
चौथो डार्टसको उपाधि बस्नेतलाई
रेडपाण्डा ट्रफी भलिबल : चार टिम सेमी फाइनलमा प्रवेश
सम्पर्क ठेगाना

Gosainkunda-6, Dhunche


सम्पादक/प्रकाशक :

देविराम देवकोटा

Address:

Gosainkunda-6, Dhunche

Contact Number:

9851156341, 9851109991

Email:

sahakaaryaonline@gmail.com

News:

[email protected]

Advertisement:

[email protected]

ट्रेण्डिङ
  • ##सदरमुकाम #धुन्चे
मेनु
  • समाज
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेल
  • लेख
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
फेसबुक पेज
©Sahakaarya Online-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago